arrow

हङकङमा टी–२० श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
nepal-cricket-2024a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी–२० त्रिकोणात्मक श्रृंखला खेल्ने नेपाली टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई समावेश गरिएको छ ।

 नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जीसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा  रहेका छन् । 

९ मार्चदेखि १३ मार्चसम्म नेपाल, हङकङ र पपुवा न्यूगिनीसम्मिलित टी–२० श्रृंखला हुँदैछ ।    

त्रिकोणात्मक टी–२० श्रृंखलामा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छ । फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

साथै श्रृंखला अघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ