arrow

राष्ट्रिय सभाका नव निर्वाचित सांसदहरुले शपथ लिँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
Parliament_building-1619601493.png

काठमाडौँ । राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । गत माघ ११ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित १९ जनाले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । उनीहरूको शपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ । 

जसअनुसार कोशी प्रदेशबाट विजयी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीबाट मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

साथै लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिँदैछन् ।

उता हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।

यसअघि निर्वाचित भएकामध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।

जसअनुसार हिजो पदावधि सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ । 

यसैगरी, नेकपा माओवादी केन्द्रकी विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीकी नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् । 

त्यस्तै जनता समाजवादी पार्टी नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेकी डा. बिमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ