arrow

एसलाई नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय, चिनियाँ कार्डले समेटिने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
oli-madhav-new-.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो । 

वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधवकुमार नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ । 

यता  नयाँ गठबन्धन बन्ने र एमालेसँगको सहकार्यबारे नेकपा एकीकृत समाजवादीले कुनै जानकारी नपाएको जनाएको छ । नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टीलाई यसबारे कुनै जनाकारी नभएको बताएका छन् ।

 ‘के के समीकरण भएको छ त्यो बारे हाम्रो पार्टीलाई जानकारी छैन, उहाँहरुले के के गर्दै हुनुहुन्छ भन्ने बारेमा हाम्रो पार्टी बेखर छ’, खतिवडाले भने । 

उनका अनुसार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बस्ने र नयाँ गठबन्धनबारे धारणा सार्वजनिक गर्नेछ । 

‘हाम्रो पार्टीको सचिवालय बैठक बस्दैछ त्यही नयाँ समीकरणबारे धारणा सार्वजनिक हुनेछ’, उनले भने । 

तर नयाँ गठबन्धन बनाउनेहरु शक्ति बाँडफाँटका लागि  बालुवाटारमा तीन दलको बैठक गरिरहेका छन् । एमाले, माओवादी र रास्वपाको बैठक चलिरहेको हो । 

बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावलीबारे छलफल गरिएको छ । 

आजै एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको छ । 

माधवलाई प्रचण्डले फेरि दिए धोका
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको बलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७८ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निहुँ खोजेका थिए । 

पार्टी एक भएको भए पनि तत्कालीन प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवलाई थिँचेर राखेका थिए । 

आफैँ प्रधानमन्त्री र आफैँ पार्टीको अध्यक्ष भएर ओलीले दोहोरो भूमिका खेलका थिए । प्रचण्ड पनि एमाले माओवादी एकताबाट बनेको पार्टी नेकपाका अध्यक्ष थिए । तर ओलीले पार्टीमा प्रचण्डलाई कुनै अधिकार नै दिएनन् । 

त्यसबाट पहिलेदेखि नै पीडित रहेका माधवले प्रचण्डलाई भरथेग गरेकै कारण ओलीको संसद विघटनको अत्याचार रोक्न नयाँ गठबन्धन बनेको थियो । जसमा प्रचण्डलाई माधवले साथ दिएसँगै कांग्रेससँग सहकार्य भई ओलीविरुद्ध सरकार बनेको थियो ।  

कांग्रेसको नेतृत्वमा भएको सरकारसँगै एमाले र माओवादी टुक्रिए अनि एमालेबाट नेकपा एस टुक्रियो । 

माधवकै बलमा नयाँ गठबन्धनले चुनाव लडेर माओवादी र नेकपा एस अस्तित्वमा स्पष्टसँग देखिए । २०७९ को पुस १० मा कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर जाँदा पनि माधवलाई धोका दिएका थिए । 

अहिले फेरि पनि प्रचण्डले माधवलाई धोका दिएका छन् । माधवलाई जानकारीसम्मसमेत नगराई एमालेसँग गठबन्धन गर्न पुगेका छन् । 

अब यो परिस्थितिमा नेकपा एसले के गर्छ भन्ने स्पष्टै छ । 

चिनियाँ कार्डले समेटिने सम्भावना
चीनले फेरि कम्युनिष्ट पार्टीहरुलाई एक ढिक्का बनाउने योजना रचिरहेको छ । यही योजना अन्तर्गत एमाले र माओवादीबीच गठबन्धन भएको हो । यो गठबन्धनलाई २०७४ सालको पुनरावृत्ति पनि भनिएको छ । कसैले २०७९ को पुनरावृत्ति पनि भनिरहेका छन् । 

तर यसपालि भने चीनले एमाले र माओवादीमात्र हैन सबै नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक ढिक्का बनाएर लैजाने योजना बुनिरहेको छ । 

सोही योजनाअनुसार अहिले नयाँ गठबन्धन भएको दाबी गरिएको छ । साथै प्रचण्डले पनि यो गठबन्धन कम्युनिष्टहरुबीच एकता गर्न गठबन्धन भएको बताएका छन् । 

सोही विषयलाई आधार मान्ने हो भने माधव नेपाल पनि सजिलै यो गठबन्धनमा सहभागी हुनेछन् । 

किनकि माधवलाई पनि थाहा छ कि कसैसँग सहकार्य नगरी उनको पार्टी स्थिर भएर खडा हुन सक्दैन । यस विषयमा एमालेले केही नबोले पनि चिनियाँ चाहनाका अगाडि एमालेको पनि केही नलाग्ने विश्लेषण भइरहेको छ । 

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल त पहिलेदेखि नै एमालेसँग एकता गर्नुपर्नेमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ