arrow

आफै याचना नगर्ने

गठबन्धनले सम्मानजनक ढङ्गले वार्ता गर्नुपर्छ : झलनाथ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
jhalnath-khanal-11-21.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले सम्मानजनक ढङ्गले वार्ता गर्नुपर्ने बताएका छन् । 

उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढङ्गले वार्ता गर्नुपर्ने सर्त समेत राखेका हुन् । 

सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान छ । गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए।

उनले भने, ‘ हामी उहाँहरूले औपचारिक रूपले हाम्रो पार्टीलाई पनि सरकारमा संलग्न गर्ने कुरा गर्नुभयो । सम्मानजनक ढङ्गले हाम्रो पार्टीसँग वार्ता भयो । र हामी नीतिगत कुरामा, कार्यक्रम कुराहरूमा, योजनाका कुराहरूमा र भिजनका कुराहरूमा यसरी जान्छौँ भन्ने कुरा हामी बीचमा भयो भने हामी सरकारमा संलग्न भएर पनि जान्छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ