arrow

सरकार फेरिएपछि रोकियो लुम्बिनीमा हुने शिखर सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
lumbini-new-fnl.jpg.jpeg

काठमाडौँ। सरकार फेरिएपछि लुम्बिनी शिखर सम्मेलन रोकिएको छ । कम्युनिष्ट नेतृत्वको गठबन्धन बनेसँगै शिखर सम्मेलन रोकिएको हो । 

शिखर सम्मेलनमा तिब्बती नेता दलाई लामको सन्देश सुनाइने कार्यक्रम तय भएको थियो । सो कुरालाई लिएर चीनले असन्तुष्टि जनाउँदै आएको थियो । 

यसैबीच नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनेपछि ‘लरेट्स एण्ड लिडर्स’ नाम दिइएको शिखर सम्मेलन स्थगित भएको हो । 

 फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै लुम्बिनी प्रदेश सरकार स्थगित गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ