arrow

लुम्बिनी सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
lumbini-province-parliament-2080.jpg
तस्बिर – फाइल ।

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । 

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारूले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताए । 

कूल ८७ सदस्यीय प्रदेशसभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन् ।  प्रदेशमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ