arrow

राष्ट्रिय सभामा निर्वाचनको दिन, अध्यक्षता गर्ने सदस्यहरूको नाम तोकिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
upper-house2.jpg

काठमाडौँ । आज दिउँसो १ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दै छ । 

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । 

अध्यक्षले राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्नेछन् । 

अध्यक्षले विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नेछन् । 

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ