arrow

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त अध्यक्षको निर्वाचन फागुन २९ गते मंगलबार हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मंगलबारलाई तोकेकी हुन् । 

उनँले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशनसमेत दिइन् । बैठकमा बोल्दै उनले भनिन्, ‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकिएको छ । साथै नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।’

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गत फागुन २० गते सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो । 

यसका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही दिन पछाडि सार्न आग्रह गरेको भए पनि सुनुवाइ भएन । 

सत्ता समीकरण बदलिएपछि माओवादी केन्द्रले सत्ता गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ । एमाले र माओवादीसँगै रास्वपा र जसपाबीच बसेको गठबन्धनले अध्यक्ष माओवादीलाई दिने निर्णय गरेको थियो । 

यसअघि फागुन २१ गतेअघिको गठबन्धनअनुसार कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष दिने गरी माघ ११ गते निर्वाचन गरिएको थियो । 

सत्ता समीकरण फेरिएपछि सिटौला अध्यक्ष बन्ने सपनाबाट टाढिन पुगेका छन् । 

माओवादीबाट झक्कुप्रसाद सुवेदी, उर्मिला अर्याल र नारायण दाहालमध्ये एक जना अध्यक्षका उम्मेदवार बन्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ