arrow

राष्ट्रिय सभाका तीन पूर्व सदस्यले फिर्ता गरे सवारीसाधन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
3-canided-sawarisadan.jpg

काठमाडौँ । राष्ट्रिय सभाका तीन जना निः वर्तमान सदस्यहरूले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधाहरु सरकारलाई फिर्ता गरेका छन् । 

सेवा सुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा कांग्रेसका दुई र एमालेका एक पूर्व सदस्य रहेका छन् । 

 सेवा सुविधा सरकारलाई फिर्ता गर्नेमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी, कांग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बनेकी अनिता देवकोटा र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छिन् । उनी एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्व सभापति समेत हुन् । 

राष्ट्रिय सदस्यको आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गरेका हुन् ।

गत फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको कार्यकाल सकिएको थियो । जसमध्ये रावल, रायमाझी र देवकोटाको पनि कार्यकाल सकिएको हो ।

नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गर्दै गर्दा पाएका सेवा सुविधाहरू आफ्नो कार्यकाल समाप्त भएसँगै बुझाएको बताए । त्यस्तै नेतृ अनिता देवकोटाले संवैधानिक र कानुनअनुसार प्राप्त पदाधिकारीहरूको सेवा सुविधाहरू आफ्नो कार्यविधि सकिएपछि राज्यलाई फिर्ता गरेको बताइन्।

संसद सचिवालय सिंहदरबारमा फिर्ता गरिसकेपछि कुरा गर्दै नेतृ दिलकुमारी थापा रावल पार्वतीले संसद्को पदाधिकारीको हैसियतले कानुनसम्मत रूपमा प्राप्त भएको सेवा सुविधाहरू पदावधि सकिएको समय सीमा भित्र राज्यलाई फिर्ता गरेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ