arrow

राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवारी दर्ता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
Parliament_building.png

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी दर्ता र भोलि मतदान हुनेछ । 

उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आजै दिउँसो १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ ।

अहिलेसम्म नयाँ सत्ता गठबन्धन र नेपाली कांग्रेसका गरी दुई जनामात्र उम्मेदवार हुनेछन् । 

कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

सत्ता गठबन्धनले दाहाललाई सघाउने सहमति गत फागुन २१ गते नै गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ