arrow

राष्ट्रिय सभा अध्यक्षका लागि दुईको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
narayan-dahal-yubraj-sharma-upper-house.jpeg

काठमाडौँ । राष्ट्रिय सभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्ने दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी (माओवादी केन्द्र र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ (कांग्रेस) र शेखरकुमार सिंह (लोसपा) रहेका छन् । 

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताए । उनले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताए । 

उनले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्याउन आफ्नो भुमिका हुने बताए । उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि बताए । दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिइने बताए । 

त्यस्तै अर्का उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताए । उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताएका हुन् ।

उनले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताए । उनले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए । 

मतदान मंगलबार हुनेछ । 
 

upper-house-president-candidate-2080 (4).jpg
upper-house-president-candidate-2080 (5).jpg
upper-house-president-candidate-2080 (1).jpg
upper-house-president-candidate-2080 (2).jpg
upper-house-president-candidate-2080 (3).jpg
upper-house-president-candidate-2080 (1).jpeg
upper-house-president-candidate-2080 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ