arrow

दुई घुस्याहा प्रहरी रंगेहात अख्तियारको फन्दामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
CIAAoffice.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ  ।

व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । 

महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । 

गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ