arrow

राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार

काठमाडौँ । राष्ट्रिय सभाको भावी अध्यक्षका लागि अहिले मतदान हुँदैछ । नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । 

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना (कांग्रेस) तथा समर्थकमा किरणबाबु श्रेष्ठ (कांग्रेस र शेखरकुमार सिंह (लोसपा) रहेका छन् । 

राष्ट्रिय सभामा पहिलो दल माओवादीका एक मनोनीत र उपाध्यक्षसहित १८ सांसद छन् । एमालेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । सत्तासाझेदार रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम पनि रहेका छन् । 

यो आँकडाअनुसार ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रिय सभा अध्यक्षको चुनाव जित्ने पक्का छ । नारायण नातामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ