arrow

राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
aananda-dhungana.jpg

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष  निर्वाचन प्रयोजनका लागि माथिल्लोसभाको आजको बैठकमा उम्मेदवारका प्रस्तावकबाट प्रस्ताव प्रस्तुत भएको छ ।

सो पदको निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका थिए । 

उम्मेदवार शर्माको प्रस्तावक नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै शर्मा लोकतन्त्र र विकासका लागि समर्पित र योग्य भएको बताए । 

सांसद ढुङ्गानाले  सत्ता गठबन्धन चाँडो परिवर्तन गर्ने खालको अस्थिरता अन्त्यका लागि आफूहरुले गत निर्वाचनमा गठबन्धन गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेश विपरीत काम गरेको आरोप लगाए । 

उक्त प्रस्तावमा समर्थकले बोल्ने क्रम सकिएपछि अर्का उम्मेदवार दाहालको प्रस्तावक र समर्थकले बोलेपछि निर्वाचन हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ