arrow

राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका दुई वटा समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । 

बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भई आएका नयाँ सदस्यहरूको स्वागत कार्यक्रम रहेको छ । 

त्यस्तै दिउँसो २ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ