लन्डन लैजान लागिएको १५ किलो चरेस कार्गो चेकमा फेला
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
833
Shares
काठमाडौँ । लन्डन लैजान लागिएको १५ किलो चरेस कार्गो चेकमा फेला परेको छ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो चेक १५ किलो चरेस बरामद गरेको हो ।
विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।