arrow

विश्वकपको तयारीलाई भारत जानुअघि रोहित पौडेलले गरे खेलकुद मन्त्रीलाई गुनासो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
rohit-poudel-asian-games.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार राशी ५० प्रतिशत अझै नपाएको गुनासो गरेका छन् ।

भारतमा मैत्रीपूर्ण टी–२० खेल्न जानु अघि गरिएको बिदाई समारोहमा कप्तान पौडेलले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई सरकारले यसअघि घोषणा गरेको पुरस्कार राशि अहिलेसम्म ५० प्रतिशत नपाएको गुनासो गर्दै छिट्टै पाउने आशा व्यक्त गरे ।

रोहितले मन्त्री श्रेष्ठलाई भने, ‘हामी सबै सरकारले हामी सबैलाई रिवार्डको रुपमा रकम दिने तोक्नु भएको थियो । तर अहिलेसम्म ५०–६० प्रतिशत मात्र पाएका छौँ । त्यस्तै टी–२० विश्वकपमा छनोट भएको पनि सरकारले पुरस्कार रकम घोषणा गरेको छैन, अझै विश्वकप आउन एक महिना बाँकी छ । तपाईले यो विषयमा हेर्नु हुनेछ भन्ने हामीलाई विश्वास छ ।’

नेपाली क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डशिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय श्रृंखला हुनेछ ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डशिप कप खेल्न लागेको हो ।

नेपाली क्रिकेट टिम भारतबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ