arrow

तलव भत्ताको कुरा गर्नेवित्तिकै सांसद गलल हाँस्छन् !

नागरिकका लागि पनि खर्च गर्छु : शशांक, सुविधा वृद्धि मेरो आवश्यकता हो–नाटक गर्दिन : बस्नेत

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
Parliyament-news-aaja.jpeg

काठमाडौं । सांसदहरु आफैले आफ्नो सेवा सुविधा बढाएर नेपाली जगतमा नयाँ बहस सिर्जना गरिदिएका छन् । आफुहरुको आवश्यकताबारे लामो छलफल नै नगरी सांसदहरुले विधेयक पास गरिदिए । ता कि नागरिकले उनीहरुका आवश्यकता देख्न र सुन्न पाएनन् ।

कुरा त्यतिमा मात्रै सिमित रहेन । संसदीय संसदका पदाधिकारी र सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक पारित भएको भोलि पल्टै कयौं सांसदहरुको दौडधुप सुरु भएको छ ।

बैठक हुनेहरु समिति बैठकमा जाने र बैठक नहुनेहरु भ्रमणमा जाने क्रम बढेको छ । सोमबार विहानैबाट संसदमा सुविधा वृद्धिको प्रस्ताव पेश गर्ने सांसदहरुको नै भागा–भाग चल्यो । कसैले एयरपोर्टमा छु–जिल्ला जाँदै छु भने । कसैले म त जिल्ला पुगिसके भने ।

सेवा सुविधा बढ्यो । भ्रमण भत्ता आउँछ भनेर भागा–भाग परेको हो भन्दा ? प्रस्ताव दर्ता गर्ने मध्ये एक सांसद सरिता प्रसाँइ गलल हाँसिन् । बाँकी कुरा भने गर्न मानिनन् ।

यसरी प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग कुरा गर्न खोज्दा कसैले हाँसेर टारे । कसैले बोल्न मानेनन् । तलव भत्ता वृद्धिको प्रस्ताव दर्ता गर्नेहरुको नामावलीमा परेका माओवादी केन्द्रका सांसद जुठ बहादुर टुहुरे खड्गी (जेबी टुहुरे)ले अस्वस्थ छुँ –भनिदिए । बाहिर सांसदहरुले आफ्नो सुविधा आफै बढाए भनेर निकै आलोचना भएको छ । तर, सांसदहरु सुविधा बढाउनुको कारण लुकाइरहेका छन् । उनीहरुले स्पष्ट नपारेसम्म नागरिकले सोधिरहने नागरिक अगुवाहरु बताउँछन् ।

आफ्नो आवश्यकताबारे लामो छलफल नगरी विधेयक पास गर्न किन हतारो भयो ? भन्ने सवालको जवाफमा सांसदहरुले दिएनन् । उल्टै व्यस्तता देखाए । जसले आम नागरिकले लाभको पदमा रहेका सांदमाथिको शंकाको दायरा अझ फराकिलो बनाएको छ ।

म नागरिकका लागि पनि खर्च गर्छु : शशांक
कांग्रेस सांसद सशांक कोइरालाले भने यो सेवा सुविधा आवश्यकता हो भने । कांग्रेस महामन्त्री समेत रहेका कोइलाले भने, ‘गाउँबाट कयौं नागरिक भेट्न आएका हुन्छन् । उनीहरुको बस्ने खाने बन्दोबस्त देखि आउने जाने खर्च दिनु पर्ने हुन्छ ।’ फेरि म उत्तिकै आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रमा गइरहेको हुन्छु । मेरो अधिकांश पारिश्रमिक र भत्ता नागरिककै सेवामा खर्च हुन्छ र गरिरहेको छुँ–कोइरालाले भने ।

वस्तुगत आवश्यता हो, यसलाई अश्वभाविक मान्नु हुँदैन : बस्नेत
माओवादी सांसद टेक बहादुर बस्नेतले २१ वर्ष पछि बढेको सेवा सुविधा अहिलेको समयानुसार सान्दर्भिक भएको बताएका छन् । सत्ताधारी माओवादी केन्द्रका मुख्य सचेतक समेत रहेका बस्नेतले भने, ‘यो वस्तुगत आवश्यकता हो । २१ वर्ष पछि सेवा सुविधा वृद्धि हुनुलाई अश्वभाविक किन मान्ने ? ।’
 

सुविधा बढाउन हताराे किन भयो ?
जवाफमा उनले भनेका छन्, ‘यसलाई हतार भन्न मिल्दैन । संघीय निर्वाचनहरु भएकै छैनन् । निर्वाचित पदाधिकारीका लागि बढाउनु पर्नेमा आफैले आफ्नै सेवा सुविधा बढायो तर्कमा तुक छैन । व्यवहारिकता पनि हेर्नु पर्ने हुन्छ । सबै सांसद सम्पन्न छैनन् ।’

कतिपय विपन्न सांसदहरुले पनि यो प्रस्ताव पारित गर्नु हुँदैन भनेको थिए, अहिले गलत गरियो पनि भनिरहेका छन् यसलाई बुझ्ने कसरी ? उनले भने, ‘९९ प्रतिशत सांसद सबैको मनसाय बढोस् भन्ने नै थियो र हो पनि । बाहिर देखाउन नाटक रच्ने कामहरु पनि भयो । यसमा नाटक गरिनु हुँदैन ।’

यो वस्तुगत आवश्यकता हो, उनले अगाडि भने, ‘प्रस्ताव ल्याउनु अघि कतिपय आर्थिक अवस्था राम्रो भएका सांसदले थप सेवा सुविधा नलिने भए एउटा राहत कोष बनाउन त भन्दा कुरै खाएनन् । फण्ड खडा गर्ने कुरामा कोही सहमत भएनन् । अहिले नाटक गर्न मिल्छ ।’ बहाना बनाउने काम गर्नु हुँदैन ।

तपाई थपिएको सुविधाले के गर्ने त ?
सांसद बस्नेतले सोझै भने, ‘यो मेरो आवश्यकता हो । मैले मेरो सबै खर्च धान्ने छु । मलाई नाटक गर्न आउँदैन र गर्दैन पनि । फण्ड खडा गरिएको भए केही सोच्न सकिन्थ्यो । वस्तुगत धरातलको कुरा गर्नु हुन्छ भने मेरो आवश्यकता हो ।’ नाटक गर्दिन ।

अनावश्यक सुविधा नलिउँ भन्दा उल्टै मलाई उल्लु बनाए  : चिनकाजी
कांग्रेस सांसद एवं प्रमुख सचेतक चिनकाजी श्रेष्ठले आफुले अनावश्यक सुविधा नलिउँ भन्दा आफैलाई उल्लु बनाएको सुनाए । उनले भने, ‘संसदमा मैले राखेको संशोधन पारित भएको होइन । मैले प्रस्ताव राखेको होइन । मैले उल्टै अनावश्यक सेवा सुविधा नलिउँ भनेको थिए । तर, मेरै प्रस्ताव पारित भयो भनियो ।’ अरुले नै जोड गरेका हुन् ।

श्रेष्ठले वीमा नगरौं, पत्रपत्रिका, सेकुरिटी नलिउँ, पद अनुसारको भत्ता नलिउँ भनेको सुनाए । बैठकको खाना, खाजाको पैंसाको साटो ५ सय सांसदलाई नै दिउँ भन्नुको कारण खाना खाजा मनपरी ढंगले खाइदिन थाले भनेर हो– श्रेष्ठले भने । संसदका कर्मचारी बाहिरकाले समेत मनपरी खान थालेपछि त्यो दोहन रोक्न बरु त्यो रुकम भत्तामा समायोजन गर भनिएको श्रेष्ठले बताए । अनि तलव भत्ता बढेपछि सांसदहरुको दौड धुप बढ्यो नि त ? हाँस्दै उनले भने, ‘होला त्यस्तै होला ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ