arrow

मधेसमा चिनियाँको अवैध गतिविधि बढ्दो, कल सेन्टर चलाउने दुई चिनियाँ पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
crime-final-everytime-use.jpg

वीरगञ्ज । वीरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगञ्ज महानगरपालिकाको वडा नं १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले बताए । 

सो घरबाट दर्जनौँ संख्यामा अवैध कम्प्युटर लगायतका विद्युतीय सामानहरुसमेत बरामद भएको बताउँदै डीएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल नेतृत्वमा नै खटिएको प्रहरी टोलीले सो घरमा छापामारी गरेको थियो । प्रहरीका अनुसार चिनियाँ गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए ।

प्राप्त जानकारीअनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौँडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन् । सोही घरमा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन । आइतबार पक्राउ परेका र बरामद सामानहरुबारे विस्तृत रुपमा जानकारी गराइले पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।

पछिल्लो समय मधेसमा चिनियाँहरुको आपराधिक गतिविधि बढिरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ