arrow

सामुदायिक विद्यालय सुधारका लागि गगनको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
gagan-thapa-community-school.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन् ।  आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे । उनले राजनीतिक दलको भोटर खाने पानी,सडक,ढल निर्माणका विषयमा कति बजेट आयो,ठेक्का लाग्यो-लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताए । 

उनले अभिभावकलाई राजनीतिक दलहरूले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे । उनले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको बताए । उनले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रूपमा छलफल गर्न जरुरी रहेको बताए । 

महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालयले अभिभावक वा अन्य पूर्व विर्थीहरुले विद्यालयको लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छोड्नुपर्ने बताए ।

उनले भने,‘सरकारले कानून बनाएको छ । विद्यालय शिक्षा निःशुल्क हो । एक पटक ठुलो रकम खर्च गरेर भए पनि शिक्षकको विषय टुङ्ग्याउनुपर्छ । त्यसपछि विद्यालयहरू क्रेटिभ हुन्छु इभल हुन्छ भन्ने कुराका सन्दर्भमा शिक्षा निःशुल्क राख्दै गर्दा विद्यालयले अतिरिक्त स्रोतको व्यवस्थापन गर्ने कुराको ढोका खुला राख्नुपर्छ कि पर्दैन । खोल्दा बिग्रेला र ? विचार गर्ने हो की ? मैले स्वछिक रूपमा पूर्वविद्यार्थीहरुबाट पैसा लिन्छु । वा अभिभावक कसैले विद्यालयलाई सहयोग गर्छ भने लिन्छु । कसैले अग्रेजी,गणित र विज्ञानको शिक्षक राखेर गर्छु तर त्यसको लागि यसरी जाने भन्ने कुरा ढोका बन्द गर्ने हो त ? त्यसमा पनि खुला छाड्नुपर्छ भन्ने लागेको विषय हो । कसैले विद्यालयलाई घर परिबार भन्दा पनि बढी खटेर काम गरेको हुन्छ । पूरै ज्यान दिएर विद्यालयको काम गरेको पाउँछु । कतै भने पूरै हाम्रो पार्टीको हो भनेर भोटा हाल्दै नाच्दै गरेको पाइन्छ । शिक्षक पनि सबै खालका छन् । यसलाई नछुटाउनु हुँदैन । सवल पक्षहरू पनि छ । नियतका कुरामा कसैले जिम्मेवारी लिएर हुँदैन । विधि बनाउने कुरामा अहिलेसम्म भएको गलत अभ्यासका बारेमा कहाँ– कहाँ रोक्ने हो । विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र सँगै दलियकरण हुन नदिने कुरामा विशेष रूपमा छलफल गरौैं । विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता हो । ढल,खानेपानी,सडक बनाउने कुरामा सहभागिता जनाउँछ । तर त्यही मान्छे विद्यालयमा ल्याउन सकिएको छैन । किन ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ