arrow

प्यारातालमा गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
gagan-thapa-pyara-tal.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पर्यापर्यटन प्रबर्द्धनका लागि नागरिक स्तरबाट पहल गरिएको कञ्चनपुरको पुनर्वासस्थित प्यारातालको अवलोकन गरेका छन् ।

संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा पुगेका थापाले जैविक महत्वको प्यारातालको पर्यटन विकासका लागि नागरिक स्तरबाट शुरु गरिएका पहलहरुको जानकारी लिँदै निर्माण गरिएका संरचनाहरुको अवलोकन गरेका हुन् ।

प्याराताल परिसरमै संचारकर्मीहरुसँग बोल्दै नागरिकहरुको स्वस्फूर्त लगानीमा तालको पर्यटन विकासका लागि गरिएको प्रयास प्रशंसनीय रहेको महामन्त्री थापाले बताए ।

सरकारको मुख नताकी विकास निर्माणका काममा नागरिक स्तरबाट गरिएको यो पहलले सार्थक परिणाम ल्याउने उनले बताए । 

नागरिक पहलमा यहाँ भइरहेका कामहरुको फ्लो अपमा आफू रहने अवलोकन गर्न ताल परिसर पुगेका महामन्त्री थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ