arrow

रवि लामिछानेलाई गल्ती नगरेको भए नडराउन गगन थापाको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
gagan-thapa-80-01-02.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गल्ती नगरेको भए नडराउन सुझाव दिएका छन् । सहकारी ठगीमा मुछिएका लामिछानेबारे छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहँदा महामन्त्री थापाले सामाजिक सञ्जालमा आइतबार बिहान भिडियो सन्देश जारी गर्दै गल्ती नगरेको भए संसदीय समिति बनाउन दिनबाट नडराउन सुझाव दिएका हुन् । 

उनले लेखेका छन्, ‘हामीले संसदमा निरन्तर उठाइरहेको संसदीय छानबिन समिति भनेको के हो ? यसले के काम गर्छ ? यो छानबिन समितिको क्षेत्राधिकार के रहनुपर्छ ? सहकारी ठगीमा संसदीय छानबिन समिति नै किन ? विस्तार यो भिडियोमा ।’

सो क्रममा उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा नभई संसदीय छानबिन समिति मागेको बताएका छन् । उनले यसअघि बनेका समितिका बारेमा जानकारी गराउँदै भनेका छन्, ‘छानबिन समिति बनाउनुपर्ने कुरामा आपत्ति किन छ ? हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन समिति बनाउन माग गरेका हौँ ।’

उनले अगाडि भनेका छन्, ‘अहिले राजीनामा दिनुपर्दैन, विष्णु पौडेल वा जनार्दन शर्माको छानबिन गरेजस्तो पनि होइन’, उनले भनेका छन्, ‘मनमा पाप छैन भने डराउनुपर्दैन ।’

सहकारीमा गम्भीर समस्या देखिएको भन्दै उनले भनेका छन्, ‘एक्कासी डुब्यो भनेर आउँछन् । अर्बौँ डुब्यो भनेर आउँछन् । जुन निकायले अनुसन्धान गर्नुपर्ने हो त्यसले गरेन कि । संसदीय छानबिन समितिले यो सबै हेर्छ ।’

रविलाई गल्ती नगरेको भए नडराउन सुझाव दिने क्रममा उनले भनेका छन्, ‘थुप्रै आयोग बनेका छन् । यी अध्ययनलाई पनि सँगै राखेर हेरेर कुन कानून आवश्यक छ यसको पनि अध्ययन गर्न आवश्यक छ । जसले दुरूपयोग गरेको छ, त्यो डराउँछ । नगरेको डराउनै पर्दैन । व्यक्ति वा पात्रलाई केन्द्रमा राखेका होइनौँ ।’

कांग्रेस संसदीय दलको बैठक बस्नुअघि दिएको यो भिडियो सन्देशले कांग्रेसलाई अबको कार्यदिशा तय गर्न थप मद्धत पुगेको छ । यता निरन्तर संसदीय छानबिन समितिबाट डराइरहेका रविले समिति बने आफू सरकारबाट हट्नेसम्मको घुर्की प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ