arrow

सरकारले दरबन्दी नथपेका कारण अस्पतालहरूमा चिकित्सकको अभाव - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
gagan-thapa-12-30.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले चिकित्सकहरूको दरबन्दी नथपेका कारण अस्पतालहरूमा चिकित्सकको अभाव भएको बताएका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले निजी अस्पतालहरूले मात्रै नर्सहरूलाई कम पारिश्रमिक दिएर काम लगाएको बताए । उनले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको सेवा, सुविधा बढाउनुपर्नेमा जोड दिए ।

उनले भने – ‘अस्पतालमा डाक्टर नभएको डाक्टर उपलब्ध नभएर होइन । सरकारले दरबन्दी नदिएर हो । अहिले सरकारले दरबन्दी खोल्यो भने हजारौँ डाक्टरहरू आउँछन् । सरकारी स्केलमा सरकारी अस्पतालमा नर्सको भ्याकेन्सीमा ५ सिट खोल्दा ५०० ले एप्लाइ गर्छन् । नर्स त्यहाँ नआएको हो र ? नर्स प्राइभेटमा नआएको हो । तलब नदिएको कहाँ भन्दा प्राइभेटमा । जहाँ १५ हजार तलब दिइरहेका छन् । स्वास्थ्यको जनशक्तिको सन्दर्भमा सेवा, सुविधा नै हो । स्वास्थ्यको जनशक्ति पढ्न पनि अरूभन्दा फरक छ । गाह्रो छ । खर्चिलो पनि छ । त्यस कारण अरू क्षेत्रको सेवा, सुविधाले धान्न सक्दैन । हामीले संसद्मा पनि स्वास्थ्य सेवा छुट्टै ल्याउनुपर्छ भनिरहेका छौँ । सरकारी स्वास्थ्य सेवा कस्तो बनाउने ? गैरसरकारी स्वास्थ्य सेवा कस्तो बनाउने ? यसको तलबमान, सेवा, सुविधा नै बढी हुनुपर्छ । सेवा सुविधा बढाउन सक्यौँ भने बस्छन् । सकिएन भने बस्दैनन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ