arrow

कांग्रेसले अब झुक्किएर पनि जीवनभर गठबन्धन गरेर चुनावमा जान हुन्न - गगन थापा [भिडियो]

कांग्रेस एमालेबीच सहकार्यका लागि संवाद आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
gaganthapa-sambad-yatra-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले अब झुक्किएर पनि जीवनभर गठबन्धन गरेर चुनावमा जान नहुने बताएका छन् । 

संवाद यात्राका क्रममा महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले अब झुक्किएर पनि जीवनभर गठबन्धन गरेर चुनावमा जान हुन्न ।’

निर्वाचन पश्चात् सरकार निर्माणका बेला गठबन्धन सामान्य विषय भएको उनले बताए । जनतालाई दिगो विकास र विकासका लागि सहकार्य चाहिएको भन्दै महामन्त्री थापाले कांग्रेस एमालेबीच सहकार्यका लागि संवाद आवश्यक रहेकोमा जोड दिए । 

महामन्त्री थापाको संवाद यात्रा सकिएको छ । कांग्रेसको अभियान समुदायमा कांग्रेस अन्तर्गत गत माघ १३ गते झापाको मेची पुलबाट नेता थापाले थालेको संवाद यात्रा वैशाख ४ गते मंगलबार कञ्चनपुरको महाकाली पुलमा पुगेर टुङ्गिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ