arrow

दलीय अडान

थापा र सिटौला बालुवाटारमा, सहमति बिना संसद अगाडि बढाए झडपको खतरा 

गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेस गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगनकुमार थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका छन् ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि छलफल भएको बताइएको छ ।

अर्कोतर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा झडपको खतरा हुने अनुमान गरिएको छ ।

यसअघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आआफ्नै अडान दोहोर्याएपछि बैठक बिना निष्कर्षमा सकिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ