arrow

एसपी बढुवामा भन्दा डिएसपी बढुवामा अझ धेरै जालझेल, पीएहरू नै हाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
police-head-Q.jpeg
तस्बिर : फाइल

काठमाडौँ। एसपी बढुवामा भन्दा डिएसपी बढुवामा अझ धेरै जालझेल भएको पाइएको छ। वरियता मिचिएर विवादित भएको एसपी बढुवा डिएसपी बढुवामा त जालझेल र विभागीय कारबाही भोगेकाहरूकै हालीमुहाली  भएबाट थप विवादित भएको हो।

बिहीबार मध्य राती प्रहरी प्रधान कार्यालयले १९ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको हो। गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच बढुवा सूचीमा सहमति भएपछि बढुवा समितिको बैठक बसेर सिफारिस गरेको हो। यद्यपि सो सूचीमा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल तथा उनका पिए दीपक बोहराले समेत हस्तक्षेप गरेपछि विवाद सतहमा आएको हो। बोहराले सुदूरपश्चिमका शैलेश्वरी बोहरा लगायतलाई बढुवा पार्न सफल भएको स्रोत बताउँछ।

बढुवा सिफारिसमा परेकामध्ये भिषणबाबु राई, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, रणबहादुर चन्द लगायत कारबाही परेका अधिकृत हुन्। राई दरबारमार्ग हुँदा तथा घर्तीमगर नागढुंगामा कार्यरत रहँदा कारबाहीमा परेका थिए।

त्यस्तै चन्द र ओलीलाई पनि नसियत दिएकोमा बढुवामा पर्न सफल भएका छन्। ९८ प्रतिस्पर्धीमध्येबाट १९ जनाको बढुवा भएको हो। जसमा शक्तिकेन्द्रकै हालीमुहाली देखिएको छ।

८९ नम्बरमा रहेका राजन लामा एआइजी टेकप्रसाद राईको पिए भएकै आधारमा बढुवामा पर्न सफल भएका छन्। उनी स्नातक मात्र पास भएका अधिकृत हुन्। इन्सपेक्टर आधारभूत तालिम समेत दुई वर्षपछि गरेका थिए। त्यस्तै, ९५ नम्बरमा रहेका कमल खड्का त वैकल्पिकबाट पछि भर्ना भएका इन्सपेक्टर हुन्।

प्रहरी र नेपाल सरकारलाई नै मुद्दा हालेर भर्ना भएका उनी अहिले अरूलाई पछि पार्दै अगाडि बढुवा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले आयोगकै पावर लगाएर उनी बढुवा भएको चर्चा प्रहरीमा छ।



लोकप्रिय समाचार
नयाँ