arrow

झापामा सर्वसम्मत गराए ओलीले, गिरीलाई बनाए अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
kp-oli-2080-11-04.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भने अनुसार नै गृह जिल्ला झापामा सर्वसम्मत चयन गराएका छन् ।  

झापाको अध्यक्षमा प्रेम गिरी सर्वसम्मत चयन भएका छन् । पार्टीको उपाध्यक्षमा शिवकुमार ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी, महिला उपसचिवमा अनिता कन्दङ्वा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक टङ्क दङ्गालले जानकारी दिए । 

पाटी अध्यक्ष ओलीले जिल्ला अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा असारू राजवंशी र सचिवमा तुलसी कार्कीलाई बनाउन चाहेका थिए । 

सचिव शिव ढुङ्गेलले गिरीलाई चुनौती दिएपछि ओलीसमेत तनावमा परेका थिए। ढुङ्गेललाई उपाध्यक्ष दिएर गिरीलाई ओलीले अध्यक्ष बनाएका छन् । उपाध्यक्ष बनाउन चाहेका असारू राजवंशीलाई उपसचिव बनाइएको छ । 

गिरी र सचिव ढंगेल अध्यक्ष बन्ने दौडमा रहे पनि ओलीले गिरीलाई साथ दिएका थिए । ढुङ्गेल ओली समूहकै नेता हुन् ।

 जिल्लामा अधिवेशनबाट एक सय ४९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । चयन भएको समितिलाई बिहीबारै शपथग्रहण गराइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ