सभामुख र मनाङेको समर्थनमा एमालेका अधिकारीको मुख्यमन्त्रीमा दाबी
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
600
Shares
पोखरा। गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेस गरेका हुन्।
गण्डकीमा एमालेका २२, माओवादीका ८ र दीपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ।
तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोसी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ। कोसीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो। यस बाहेक गण्डकीमा काँग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन्।