arrow

के मध्यावधि चाहन्छन् दलहरु ?

कोशीका मुख्यमन्त्री कार्की भन्छन् –मलाई अल्पमतमा पर्‍यो भन्नु संविधान नपढ्नु हो

ममाथि अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन, विश्वासको मत लिनुसमेत पर्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
kedar-karki-2080-07-01v.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदारबहादुर कार्कीले अहिलेको अवस्थामा आफूले विश्वासको मत लिन आवश्यक नभएको बताएका छन् ।

माओवादी केन्द्र समर्थन फिर्ता लिएपछि सिर्जित राजनीतिक घटनाक्रमबीच मुख्यमन्त्री कार्कीले आफूलाई समय नआई कसैले पनि फाल्न नसक्ने स्पष्ट पारेका हुन् ।  

उनले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदहरुको स्वतन्त्र समर्थनमा मुख्यमन्त्री बनेको भन्दै पार्टीले समर्थन फिर्ता लिन नसक्ने उनको भनाइ छ । 

सांसदहरुले समर्थन फिर्ता लिनसमेत संविधानमा व्यवस्था नरहेको उनको भनाइ छ । 

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीले चाहेमा विश्वासको मत लिन सक्ने भए पनि अहिलेको अवस्थामा यसको आवश्यकतासमेत नरहेको बताए । उनले आफूलाई हटाउन २ वर्ष भएपछि अविश्वासको प्रस्ताव ल्याउने बाटो खुला रहेको उनको भनाइ छ । 

अहिले आफूलाई अल्पमतमा पर्यो भन्नु संविधान नपढी गरिएको व्याख्या भएको उनको भनाइ छ । सोमबार माओवादी माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो लगत्तै  सरकारमा सहभागी तीन जना मन्त्रीहरुले राजीनामा दिएका थिए । 

यसअघि मुख्यमन्त्री कार्कीले गत कात्तिक १ गते विश्वासको मत लिएका थिए । सो समयमा उनले प्रदेश सभामा रहेका सदस्यमध्ये ८६ जनाको समर्थन पाएका थिए । 

उनी असोज २७ गते एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

त्यतिबेला केन्द्रीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा रहेको भए पनि माओवादी केन्द्रका नेतालाई चुनौती दिँदै आफूले कांग्रेसबाट विद्रोह गरी तत्कालीन प्रतिपक्षमा बसेको एमालेका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका थिए । 

एमालेका सांसदहरुको मतले स्पष्ट बहुमत भएपछि माओवादीका नेतासमेत पछि हट्नु परेको थियो । 

के मध्यावधि चाहन्छन् दलहरु ?
यतिबेला भने एमाले र माओवादी केन्द्रीय सत्ता गठबन्धनमा भएकाले कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै राजीनामाका लागि दबाब बढेको छ । 

तर संविधानअनुसार उनले अन्तिम विकल्पको प्रयोग गरेसँगै अब पनि दलहरुले आफ्नो ढिट नछाड्ने हो भने मध्यावधिमा जाने सम्भावना पनि खुला रहेको छ । 

कार्कीले आफूले कानूनको पूर्ण पालना गर्ने भन्दै कथंकदाचित दलहरु आफ्नो ढिट नछाड्ने अवस्थामा पुग्ने हो भने मध्यावधि चुनावमा जान सक्ने संकेतसमेत गरेका छन् । 

के दलहरुले अहिले मध्यावधि चाहेका हुन् त ? भन्ने प्रश्न खडा भएको छ । 

यद्यपि कार्की खुला दिलले सहमतीय सरकारका लागि भने खुला रहेको संकेत गरेका छन् । 
 



लोकप्रिय समाचार
नयाँ