arrow

चितवन प्रहरीले रविलाई पक्राउ गर्दा आफूले साथ दिएको सम्झाए ज्ञानेन्द्र शाहीले [भिडियो]

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
gyanedndra-sahi-12-28.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई गराएका छन् । हिजो भएको राप्रपाको शान्तिपूर्ण आन्दोलनमा गृह मन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएपछि उनले सो कुराको स्मरण गराएका हुन् । 

आजको प्रतिनिधिसभामा उनले गृहमन्त्री लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताए । उनले गृहमन्त्री लामिछानेको यस प्रकारको कदमको भर्त्सना गरे।

उनले भने – ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । आज भद्रकालीको मन्दिरसम्म निषेधित बनाउनुभएको छ । सिंहदरबार निषेधाज्ञा हो, संसद भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो । रत्नपार्क निषेधाज्ञा हुन्छ ? भृकुटीमण्डप निषेधाज्ञा हुन्छ ? भद्रकालीको मन्दिर निषेधाज्ञा हुन्छ ? यस्तो गरेर उहाँहरूले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरूले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन । पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । विगतमा चितवन प्रहरीले पक्राउ गर्दा मैले वहाँलाई साथ दिएको थिए । हिजो मलाई गृह मन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाए। यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ ।' 

उनले यसअघि पनि संसद्बाट संसदीय छानबिन समिति बनेको उल्लेख गर्दै अब पनि संसदीय छानबिन बनाउनुपर्ने बताए । सचेतक शाहीले सहकारीमा लाखौँ मानिसहरू पीडित भएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन् । 

उनले भने,' सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् । सहकारीमा लाखौँ मानिसहरू पीडित छन् । छानबिन समिति बनाऔँ । पहिला पनि हामीले छानबिन समिति बनाएको हो । अब पनि बनाऔँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ