arrow

कांग्रेसको माग अनुसारको छानबिन समिति बनाऔँ- राजेन्द्र पाण्डे [भिडियो]

०४७ सालदेखिकै भ्रष्टाचार छानबिनको काम गरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
rajendra-pandey-80-12-28.jpg

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरे अनुसारको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

 बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन् । 

उनले प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसद्को गतिरोध अन्य गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेकपा(एकीकृत समाजवादी) पनि २०४७ सालदेखिकै भ्रष्टाचारहरूको छानबिन गर्ने पक्षमा रहेको पनि बताए ।

उनले भने – ‘सांसदभित्र केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारीका ठगी प्रकरणका सम्बन्धमा छानबिनको माग लिएर संसद्को बैठक अवरोध गरिरहेको छ । प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसद्को यो गतिरोध अन्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु । सहकारी ठगिएको छानबिन र भ्रष्टाचारको छानबिन गर्ने कुरा जोडदार उठिरहेको बेला ०४७ सालदेखिकै भ्रष्टाचारको छानबिन गर्ने कुरो पनि आयो । नेकपा(एकीकृत समाजवादी) पार्टीको तर्फबाट म के भन्न चाहन्छु भने ठिक छ, ०४७ सालदेखिकै भ्रष्टाचार छानबिनको काम गरौँ । दोषीहरूलाई कारबाही गर्ने गरी छानबिन गरौँ । उम्काउने गरी होइन ।’

सांसद पाण्डेले दोषीलाई उम्काउने गरी नभई कारबाही गर्ने गरी छानबिन गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ