arrow

पहिलाे त्रैमासिककाे वैदेशिक व्यापार पनि निराशाजनक, आयात बृद्धिदर ७ गुणा बढी

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
trade-export-promotion-center-132.jpeg
काठमाडौं । आर्थिक वर्ष २०७३÷७४ को पहिलो ३ महिनामा पनि निराशाजनक व्यापारघाटा दोहोरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार आ.व. २०७३÷७४ को प्रथम तीन महीनाको अवधिमा नेपालको आयात नौ प्रतिशतले बृद्धि हुँदा ६४ प्रतिशतले आयात बढेको छ । 
 
त्यस्तै, नेपालको कुल वैदेशिक व्यापार अघिल्लोे वर्षको सोही अवधिको तुलनामा ५७.८ प्रतिशतले वृद्धि भई २ सय ४०.६४ अर्व रूपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.९ प्रतिशत र ९२.१ प्रतिशत रहेको छ । 
 
आ.व. २०७२÷७३ को प्रथम तीन महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः७.८ भएकोमा आ.व. २०७३÷७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः११.७ रहन आएको छ । 
 
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि  प्रमुख रहेका छन् । 
 
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ६.८ प्रतिशतले ह्रास आई  २.०७ अर्व, तयारी पोशाकको निर्यातमा १५.० प्रतिशतले ह्रास आई  १.५९ अर्व पुगेको छ ।  यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा १७.९ प्रतिशतले ह्रास आई  १.१० अर्व, पोलिष्टर तथा अन्य धागोमा २७.९ प्रतिशतले वृद्धि भई  १.४१ अर्व, मुसुरोको दालमा ७९.१ प्रतिशतले वृद्धि भई रु २७ करोड रुपैयाँ  पुगेको छ । 
 
समीक्षा अवधिमा  १७ करोड रुपैयाँ छाला,  ७४ करोड रुपैयाँको  अलैंची,  ९३ करोड रुपैयाँको चिया,  १२ करोड रुपैयाँको अदुवा,   २२ करोड रुपैयाँको चाऊचाऊ,  १० करोड रुपैयाँ जडिवुटी,  २५ करोड रुपैयाँको टुथपेष्ट,  १.३० अर्व रुपैर्याँको टेक्सटाइल,  ७७ करोड रुपैयाँको पश्मिना सल,  १५ करोड रुपैयाँको हस्तकलाका सामानहरु,  २० करोड रुपैयाँको नेपाली हातेकागज निकासी भएको देखिन्छ । 
 
नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, जापान, चीन, फ्रान्स, इटाली, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क  आदि प्रमुुख रुपमा रहेका छन् । 
 
पैठारीतर्फ, आ.व. २०७३÷७४ को प्रथम तीन महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ६१.९ प्रतिशतले वृद्धि भई  २४.३६ अर्व रुपैर्याँ, पेट्रोलियम पदार्थमा ५५.८ प्रतिशतले वृद्धि भई   २१.५३ अर्व रुपैर्याँ, यातायातका साधन र तिनका पार्टपुर्जामा १८५.४ प्रतिशतले वृद्धि भई  २५.५८ अर्व रुपैर्याँ, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ११९.८ प्रतिशतले वृद्धि भई  १०.८२ अर्व रुपैर्याँ, औषधीमा ६३.५ प्रतिशतले वृद्धि भई  ५.४७ अर्व रुपैर्याँ, मशिनरी तथा पार्ट्समा ११३.५ प्रतिशतले वृद्धि भई   १७.०१ अर्व रुपैर्याँ, पोलिथिन ग्रेन्युल्समा ३१.६ प्रतिशतले वृद्धि भई  ४.०१ अर्व रुपैर्याँ, कच्चा पाम आयलमा ७१.१ प्रतिशतले वृद्धि भई  १.०३ अर्व पुगेको छ । 
 
त्यस्तै, दुरसञ्चारका सामाग्रीहरुमा ४४.५ प्रतिशतले वृद्धि भई  ८.७० अर्व रुपैर्याँ, रसायनमा ४२.८ प्रतिशतले वृद्धि भई  २.२४ अर्व रुपैर्याँ भएको छ । यसैगरी समीक्षा अवधिमा  ३.६३ अर्व रुपैर्याँ बराबरको सुन,  ९९ करोड रुपैयाँ बराबरको चाँदी,   २.३३ अर्व रुपैर्याँ बराबरको रासायनिक मल  तथा  ८९ करोड रुपैयाँ बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स  पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर ( ४.९५ अर्व रुपैर्याँ ), भटमासको कच्चातेल (  ३.०४ अर्व ), तयारी पोशाक (४.३८ अर्व ), अन्न (  ७.६५ अर्व ), ऊन (  ८० करोड रुपैयाँ ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ ।  
 
नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, थाइलेण्ड, इण्डोनेशिया, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरेविया, जापान, युक्रेन, मलेशिया, दक्षिण कोरिया र वंगलादेश आदि प्रमुुख रुपमा रहेका छन् । 
 
गत आर्थिक वर्ष २०७२÷७३ को प्रथम तीन महीनाको अवधिमा उत्पन्न असहज परीस्थितिका कारण आयात निर्यातमा आएको ह्रासले गर्दा व्यापारघाटा पनि ३२.३ प्रतिशतले कमी आएतापनि चालु आर्थिक वर्ष २०७३÷७४ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा ७२.१ प्रतिशतले वृद्धि भई  २०२.६६ अर्वमा पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ