arrow

इरान र इजरेललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
iran-isreal-supreme-leader.jpg

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजरेलसँग संयमता अपनाउन आग्रह गरेको छ । 

दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजरेलविरुद्ध नयाँ धम्की जारी गरेको छ । 

त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरेलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गरेका छन् । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भने, “यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयमता अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ ।” 

रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजरेलको आचरणको निन्दा गरेको थियो ।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो । यद्यपि गाजा युद्धले इजरेलसँग उसको सम्बन्धलाई बिग्रिएको छ र उसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ । 

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरिएको पेसकोभले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ