arrow

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
ministry-of-agriculture.jpg.jpeg

काठमाडौँ।  सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया शुरु गरेको छ ।भने आइतबार सिंहदरबारमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानहरूलाई रासायनिक मलको अभाव हुन नदिनको लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेण्डर प्रक्रियामा गएको बताएको छ ।भने मन्त्रालयले किसानहरूलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरिएको जनाएको हो । 

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताए । सचिव शर्माले भने १५ अर्ब रकम स्रोत सुनिश्चित गरी २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गहुँको लागि आवश्यक मल खरिदको लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चित गरेर टेण्डर गरिएको बताए । 

समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको बताए । उनले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गरे । उनले अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताए । उनले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताए । 

उनले २ लाख १० हजार भने मेट्रिक टन युरिया,९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको बताए । उनले सरकारसँग युरिया ७५ हजार ९६६,डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको दाबी गरे । उनले चालु आर्थिक वर्षमा युरिया भने १ लाख ७६ हजार,डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण गरिएको बताए ।

उनले भने,‘सरकारले रासायनिक मल ल्याउनको लागि प्रयास गरिरहेको छ । आगामी वर्षको लागि सरकारले १५ अर्बको स्रोत सुनिश्चित गरेर रासायनिक मल खरिदको टेन्डरमा गइसकेको छ । जसमा २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको छ । बजेट कुर्ने हो भने जेठ १५ पर्खनुपर्छ । मल खरिदमा २२५ दिन पुग्दैन । गहुँलाई मल ल्याउन सक्ने अवस्था आउँदैन । सरकारले यो प्रयास गर्नुपर्छ भनेर अर्थ मन्त्रालयलाई बुझाउने काम गरे । समयमा नै मल चाहिन्छ जसलाई बजेट चाहिन्छ । बजेटपछि दिने हो । बजेट भन्दा पहिला नै प्रस्ट पारेका छौं । त्यसबाट समयमा नै मल खरिद भएर आएको छ । यो वर्ष पनि रासायनिक मलको अभाव हुँदैन । अहिले ५१ हजार मेट्रिक टन मल आयो भने ९० हजार युरिया,६० हजार मेट्रिक टन डीइपी भयो भने यो वर्षलाई पुग्छ । सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात छ । डीएपी पनि भारतमा चुनाव भएको कारण थोरै ट्रान्सपोटेसनमा समस्या हुन्छ भनेर लागि परेका छौं । युरिया मल २ लाख १० हजार भने मेट्रिक टन,९७ हजार ८६५ डीएपी,१३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको छ । सरकारसँग युरिया ७५ हजार ९६६,डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा युरिया भने १ लाख ७६ हजार,डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण भएको छ ।’

कृषि मन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रियालाई तीव्रता दिने गरी कार्यविधि बनाउन आवश्यक रहेको बताइन् । उनले कार्यविधिमार्फत मल आयात हुन नसक्दा सधैँ विवाद र झमेला भइरहेको बताइन् । मन्त्रालयले कार्यविधि बनाउन सक्ने हो भने यसको निकास तत्काल हुने विश्वास उनको थियो । मन्त्री साहले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने बताइन् । उनले रासायनिक मल खरिद प्रक्रिया छोटो बाटोमा जानुपर्ने बताइन् ।

उनले नेपालमा मल कारखानाको स्थापना गर्न नसकेसम्म समस्या झेल्नुपर्ने बताइन् । मन्त्री ज्वालाले रासायनिक मलको अर्को विकल्प नभएसम्म खरिद प्रक्रिया तीव्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ