arrow

मध्यपूर्वमा तनाव बढेपछि बाइडेनले भेटे इराकी प्रधानमन्त्रीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
middle-east-map.jpg

काठमाडौँ । इरानले इजरेलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । 

सन् २०२२ को अक्टोबरमा पदभार ग्रहण गरेपछि सुडानीको पहिलो वासिङ्टन भ्रमण मूलत: जिहादविरोधी गठबन्धनअन्तर्गत इराकमा अमेरिकी सेनाको उपस्थितिमा केन्द्रित  हुने अपेक्षा गरिएको थियो । तर इराकको छिमेकी इरानले शनिबार इजरेलमाथि व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि यस क्षेत्रको तनावपूर्ण स्थिति बारे बैठकमा छलफल भएको छ  ।

उत्तरी इराकी शहर एर्बिल नजिकै रहेको अमेरिकी सेनाले इरानले इजरेलमाथि गरेको आक्रमणको प्रतिकार गर्न प्याट्रियट क्षेप्यास्त्रको प्रयोग गरी इरानी ब्यालेस्टिक क्षेप्यास्त्र खसालेको थियो । “यो औपचारिक भ्रमण संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका साथै क्षेत्रीय परिस्थितिको सन्दर्भमा नाजुक र संवेदनशील समयमा भएको छ,” सुडानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ह्वाइट हाउसले गत मार्चमा बाइडेन र सुडानीबीच ‘आइएसआइएसको दीर्घकालीन पराजय र सैन्य अभियानको वृद्धिप्रति आफुहरूको साझा प्रतिबद्धता’ बारे छलफल हुने बताएको थियो । गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको आक्रमणपछि गाजामा प्यालेस्टिनी हमास लडाकुविरुद्ध इजरेलले चलाएको छ महिना लामो युद्धका बीच इराकले क्षेत्रीय तनावबाट टाढा रहने प्रयास गरिरहेको छ ।

इराकमा आ।यस्थल बनाउँदै आएका केही इरानसँग सम्बन्धित सशस्त्र समूहहरूले इजरेलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्धित सुविधाहरूमा शृङ्खलाबद्ध आक्रमणहरू गरेका छन् । अमेरिका र इरानबीचको शत्रुताबाट विचलित नहुने आशामा इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको अमेरिकी ड्रोन आक्रमणको कडा विरोध गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ