arrow

मध्यपूर्व तनावग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
middle-east-map.jpg

काठमाडौँ । इरानले इजरेलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरेल र इरानबीच खतराको सङ्केत देखिएको छ । 

इजरेलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगीराष्ट्रले इजरेलमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि सोमबार ‘जवाफी कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् ।

इरानले सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरेलले गरेको घातक हवाई आक्रमणपछि आत्मरक्षाका लागि गरिएको ठूलो आक्रमण भएको र इजरेलले जवाफ नदिएसम्म यो विषय ‘निष्कर्षमा’ पुगेको मान्न सकिने बताएको छ ।

तर इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानको हितविरुद्ध सानोतिनो कदमको पनि कडा र व्यापक जवाफ दिइनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरेलको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको तर द्वन्द्व फैलन नदिन चाहेको बताएका छन् । 

अमेरिकी अधिकारीका अनुसार इजरेलको शीर्ष सहयोगी तथा हतियार आपूर्तिकर्ता वासिङ्टनले आफ्नो साझा प्रतिद्वन्द्वी इरानमाथि हुने कुनै पनि आक्रमणमा इजरेललाई साथ नदिने बताएको छ । 

इरानले इजरेलमाथि गरेको आक्रमणपछि विश्वका नेताहरूले संयमित हुन आग्रह गरेका छन्, जसले सङ्कट कूटनीतिको हलचल मच्चाएको, तेलको मूल्य बढाएको र शेयर बजारलाई निराश बनाएको छ ।

गाजाबारे बाइडेनले भने, “हामी युद्धविरामका लागि प्रतिबद्ध छौं । बन्धकहरूलाई घर फर्काउने र द्वन्द्वलाई पहिलेदेखि नै रहेकोभन्दा बाहिर फैलनबाट रोक्ने एक मात्र उपाय युद्धविराम र शान्तिवार्ता हो ।”

छ महिनाभन्दा बढी समयदेखि चलेको युद्ध र २४ लाख मानिसमाथिको घेराबन्दीका कारण ठूलो मात्रामा तहसनहस भएको तटीय क्षेत्र गाजामा आफ्नो इजरेलले लक्ष्यमा बमबारी जारी राखेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ