arrow

एसिया कपको ढोका खुल्दै

सेमिफाइनलमा यूएईविरुद्ध ब्याटिङमा नेपाल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
nepal-vs-uae-2081-01-07.jpg

काठमाडौँ । नेपालले यूएईसँगको सेमिफाइनलमा ब्याटिङको निम्तो पाएको छ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको हो । 

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा टस जितेर यूएई बलिङमा उत्रिएको छ । 

आजको खेलमा नेपाली टिममा एक खेलाडी परिवर्तन भएका छन् । प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा भित्रिएका छन्।

नेपाल र यूएई एसोसिएट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बीचको खेललाई एसोसिएट देशको क्लासिको समेत भनिन्छ । 

नेपाल र यूएईबीच अहिलेसम्म ९ टी–२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने यूएईले ४ खेल जितेको छ ।

यस प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने टी–२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देश एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ