मुख्यमन्त्री अधिकारीको नियुक्ति विरुद्धमा परेको रिट प्रधान र सुवेदीको इजलासमा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
743
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटको पेसी आज तोकिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाई हुँदैछ ।
यसअघि यस रिटमा चैत २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।
मुख्यमन्त्री अधिकारीले सरकारको दाबी गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेश प्रमुख सहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।