- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको डोटीको दिपायलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा दिल्पेश्वर माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७ सय ५ जना बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये १०३ जनाको ईसीजी, २११ जनाको ल्याब परीक्षण र १९५ जनाको भिडियो एक्सरे गरिएको थियो ।
६५ जनाको ईको गरिएको थियो भने ५७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काले सभापतित्व गरेको कार्यक्रममा सांसद डा. शर्मा, केएमसीका महाप्रबन्धक दाहाल, समाजसेवी सुभाष पोख्रेल लगायतले मन्तव्य दिएका थिए ।
डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।