पोखरा । विश्व हिन्दू महासंघ गण्डकीको अध्यक्षमा कास्कीका मुक्तिराम अधिकारी निर्वाचित भएका छन् । महासंघको लमजुङमा सम्पन्न दोस्रो अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
महासंघको उपाध्यक्ष कास्कीका शकुन्तला कोइराला, पर्वतका पं.केदारनाथ पौड्याल निर्वाचित भए ।
यसैगरी सचिवमा कास्कीका डिल्लीराम भट्टराई, सहसचिवद्वयमा कास्कीका ज्यो.हरिश्चन्द्र भण्डारी र नवलपुरका देवेन्द्रप्रसाद शर्मा चयन भए ।
महासंघको कोषाध्यक्षमा नवलपुरका लेखनाथ तिवारी, सहकोषाध्यक्षद्वय पर्वतकी ज्ञानुकुमारी शर्मा र स्याङ्जाका गोविन्दप्रसाद पंगेनी छन् ।
यसैगरी स्याङ्जाका सीताराम अधिकारी, खगराज भट्टराई, जमुना केसी, लमजुङका रामप्रसाद पण्डित, अमृता घिमिरे, सूर्यप्रसाद घिमिरे, सोमराज बराल, पशुपति घिमिरे, गोरखाका नेत्रबहादुर गरन्जा, सम्झना लामिछाने, उदय भट्ट, बागलुङ गीता कँडेल र नरबहादुर किसान पनि सदस्य चयन भए ।
अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री शंकर भण्डारीले संविधानबाट धर्म निरपेक्षता हटाई नेपाललाई हिन्दूराष्ट्र कायम गरेमात्रै मुलुकमा शान्ति, स्थिरता तथा सु-व्यवस्था कायम रहने विश्वास व्यक्त गर्दै त्यसतर्फ गहन ढंगबाट प्रयास हुनुपर्ने औंल्याए ।
महासंघका केन्द्रीय अध्यक्ष डा.रामचन्द्र अधिकारी, सांसद टकराज गुरुङ, पूर्व सांसद शंकर पाण्डे, व्यास आश्रमका पीठाधीश दामोदर बाबा, वरिष्ठ उपाध्यक्ष शंकर खराललगायतले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै त्यसबाट नै समग्र नेपालीको भलाइ हुने स्पष्ट पारे ।