arrow

क्यान सुधारको जिम्मा लिएर आउँदै योगेश र गगन, भित्र–भित्रै सेटिङ्ग ?

logo
प्रकाशित २०७२ मंसिर २९ मंगलबार
Yogesh-&-gagan.jpg.jpeg

काठमाडौं । नेपाल क्रिकेटसंघमा फेरि नेतृत्वबारे लडाई सुरु भएको छ । अर्कातिर राजनीतिक खेलाडीको आगमनको चर्चा चुलिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले चुनावी साधारण सभा रोकेको जनाउँदा जनाउँदै नयाँ नेतृत्व चयन भएको छ । नयाँ नेतृत्वलाई राखेप र निवर्तमान अध्यक्ष टंक आङबुहाङ समूहले नमान्ने भएपछि क्यानमा नेतृत्वबारे चर्को झगडा सुरु भएको छ ।

नेपाल क्रिकेट संघको चुनावी साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्विरोध निर्वाचित भए । चन्द यसअघि क्यानका उपाध्यक्ष थिए  । काठमाडौंको  कमलादीस्थित होटल राजघरानामा सोमबार दिउँसो साढे तीन बजे सुरु भएको साधारण सभा मंगलबार बिहान साढे तीन बजे सकिएको थियो ।

निर्वाचनमा विनोद मैनाली प्रथम उपाध्यक्ष निर्विरोध भए । क्यानको दुई उपाध्यक्षको लागि तीन जनाबीच चुनाई लडाई भएको थियो । ५३ र ३७ भोटसहित शैलेश चौधरी र दीवाकर घले उपाध्यक्ष भए । ३३ भोट ल्याएका नरेश राणा पराजित भए । महासचिवमा अशोकनाथ प्याकुरेल निर्वाचित भए । १२ सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएकामा आवश्यक सदस्यसंख्या बाहेककाले उम्मेद्वारी फिर्ता लिएपछि सदस्य चयन निर्विरोध भयो । क्यान बोर्डले मनोनित सदस्य नियुक्ति गरेर त्यसबाट ५ उपाध्यक्ष, दुई सचिव र एक कोषाध्यक्ष नियुक्ति गर्ने प्रावधान छ । साधारण सभामा सहभागी ८३ प्रतिनिधिमध्ये ६२ जनाले मतदान गरेका जनाइएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा केशव घिमिरे र सुनिल अमात्यले राखेपले पठाएको पत्र पढ्न पाउनुपर्छ भनेर माग राखेपछि विवाद सिर्जना हुँदा हुलहाल भएको थियो । स्थिति शान्त पार्न प्रहरीले हस्तक्षेप गरेको थियो । घिमिरे र अमात्यले बन्द सत्र बहिष्कार गरेका थिए ।
 

चर्चा र चुनौती
राखेपको गोप्य स्रोत र राजनीतिक व्यक्ति आगमन स्रोतले एक दुई दिनमै क्यानमा राजनीतिक चर्चामा रहेका युवा नेताको आगमन हुने निश्चित प्रायः भएको छ । क्यानमा मंगलबार मात्रै नयाँ नेतृत्व चयन भएको छ । यद्यपि, सो नेतृत्व अवैधानिक रहेको राखेपको ठहर छ । राखेपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी र एसियाली क्रिकेट परिषद् एसीसीलाई ब्रिफ गरेपछि साधारण सभा रोक्न आदेश दिएको खुलेको छ । जसबाट आगामी डिसेम्बर १९ सम्म नेतृत्वबारे कुनै निर्णय नगर्न र नेतृत्व चयनको अभ्यास नगर्न बन्धन परेको छ ।

त्यसअघि क्यानमा नेतृत्वबारे खास अभ्यान नहुने भएको छ । तर, चर्चामा रहेको नयाँ नेतृत्वको भनाईले एक दुई दिनमै बोर्ड गठन हुने संकेत आएको छ । जो तत्कालन भए झन् समस्या निम्तिने छ भने चर्चामा रहेको नयाँ नेतृत्वसमेत फस्ने निश्चित छ । भरखरै नयाँ चयन भएको नेतृत्व र पूरानो नेतृत्वले क्यानलाई नोक्सान गर्ने थुप्रै गतिविधि गरेको ब्रिफ आइसीसी र एसीसीमा यसअघिनै भइसकेको छ । जसअनुसार चतुरबहादुर चन्दको नेतृत्व अवैधानिक भन्ने पुष्टी हुनेछ ।

युवा नेताको चर्चा
क्रिकेट संघको तदर्थ समितिमा शीर्ष दलका चर्चित युवा नेताहरु देखिने भएका छन् । क्यान सुधारको रुपमा हेरिएको तदर्थ समितिले निश्चित समयसम्म क्यान सम्हालेर निर्वाचित टोलीलाई हस्तान्तरण गर्ने तयारी छ । एमाले सचिव योगेश भट्टराई, कांग्रेस केन्द्रिय सदस्य गगन थापा, उदयसमशेर राणालगायत केही राजनीतिज्ञ तदर्थ समितिमा आउने छन् । राजनीतिक सहमतिकै आधारमा युवा नेताहरुले क्रकेट संघको नेतृत्व गर्ने र निमार्णधिन खेल संरचना पूरा गर्दै निर्वाचित टोलीलाई हस्तान्तरण गर्ने भित्रि योजना छ ।

राजनीतिक नेतृत्वको क्यान आगमनमा राजनीतिक सहमति र कानूनी एवं वैधानिक प्रक्रिया दुवै मिलाउनु पर्नेछ । राखेपले थालेको पहल अनुसार एमाले सचिव योगेश भट्टराई क्यानको अध्यक्ष हँुदा कांग्रेस नेता गगन थापा महासचिव हुने छन् । छलफल जारी रहेको र एक दुई दिनमा टुंगो लाग्ने भट्टराई निकट स्रोतले जनाएको छ ।

क्रिकेट संघ लामो समय देखि आन्तरिक विवादमा फसेको छ । प्रशिक्षक, खेलाडी, सिईओ लगायत विभिन्न विवाद हुँदै आर्थिक अनियमिततामा क्यान बोर्ड र पदाधिकारीनै दोषी ठहर हुँदै आएका छन् । ३९ वर्षदेखि तदर्थ समितिमार्फत चल्दै आएको क्यान विघटन गरेर एमाओवादी नेता टंक आङबुहाङको नेतृत्वमा तदर्थ समिति बनेको थियो ।

आङबुहाङले आफै साधारण सभा गराएर आफै जितेपछि अर्को पक्ष असन्तुष्ट हुँदै आएको थियो । चतुबहादुर चन्द समूहले आङबुहाङको कार्यशैलीको चर्को विरोध गर्दै अएको थियो । आङबुहाङ नेतृत्वको चार वर्षे कार्यकाल बढी नै विवादित बन्यो । आङबुहाङसहित १० पदाधिकारीलाई भ्रष्टाचारको मुद्दा समेत लागेको छ । तर, उनले विशेष अदालत काठमाडौंबाट कार्यकाल सकिने बेला सफाइ पाए ।

क्रिकेट संघमा चरम आर्थिक अनियमिता भएको क्यानका पदाधिकारीहरुकै स्वीकारोक्ति छ । नेतृत्व विवादकै कारण खेलाडी र प्रशिक्षक चिडिएका थिए । क्यान विवादकै कारण दिग्दार भएका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके करार पदावधि सकिनु अगाबै स्वदेश फर्किए । खेलाडीहरु फुर्सदमा छन् । खेल मैदान निर्माण रोकिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको कुनै पहल भएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ