arrow

नेपालीको औसत आयु ७१ वर्ष, वार्षिक जनसंख्या वृद्धिदर एक प्रतिशत तल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
nepal-pollution-2081.jpg

काठमाडौँ । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्दै उनले यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । उनका अनुसार नेपालमा २ करोड ९१-९२ लाखको हाराहारीमा जनसंख्या छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पति तल रहेको बताए । उनले यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि उनले बताए ।

नेपालको वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा हाल २ करोड ९१-९२ लाखको हाराहारीमा जनसंख्या छ । ०.९२ को दरले वार्षिक रूपमा जनसंख्या वृद्धिदर भइरहेको छ । जनसंख्या वृद्धिदर वार्षिक रूपमा एक प्रतिशत भन्दा तल छ । करिब ८० वर्षको इतिहासमा एक भन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलो पटक हो । २०६८ साल र २०७८ सालको अवधिमा करिब २७ लाखको वृद्धि भएको थियो । सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ ।

नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनाहरूमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोबास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोबास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ ।

एक वर्षमा नेपालमा शिशुहरूको कोरा जन्मदर १४.२ प्रतिशत
एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ । जन्मिने हिसाबको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ । यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात् एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ । कोरा जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ ।

सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश
एउटा (१५—४९) वर्षका महिलाहरूले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरूको सङ्ख्या १ जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरू जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरूले छोरीहरू जन्माएको देखिन्छ । सबैभन्दा कम छोरीहरूको जन्म बागमती प्रदेशमा भएको छ । छोरीहरूको सङ्ख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताए । प्रतिहजार महिलाहरूमा २२२ जना बच्चाहरू बागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन् ।

एउटा महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्
१५ देखि ४९ वर्षका उमेरका महिलाहरूले औसतमा बच्चा जन्माउने औसत उमेर कर्णाली प्रदेशमा करिब करिब २७ वर्ष (२६.९) रहेको छ । त्यस्तै बागमती प्रदेशमा २८.४ छ । उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ । अहिलेको प्रजनन दर एउटा महिलाले १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ । सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने रिप्लेसमेण्ट लेभलमा जान्छ । नेपालमा रिप्लेसमेण्ट लेभल भन्दा दर तल गएको छ । प्रजनन दर अहिले २ भन्दा पनि तल गएको अवस्था छ । राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताए ।

कोरा मृत्युदर सबैभन्दा बढी गण्डकी प्रदेशमा, सबैभन्दा कम कर्णालीमा
प्रतिएक हजारमा कति व्यक्तिहरूको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना), कोशी र बागमती प्रदेश रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ । मधेस प्रदेशमा मृत्युदर कम भएको देखिन्छ । २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ । २०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो । लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको देखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ । १ हजार लाइफ बर्थमा कति जना बच्चाहरूको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरूको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ । त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ । सबैभन्दा कम गण्डकी प्रदेश र बागमती प्रदेशमा छ । जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसाबमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ । मधेस प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरू मर्दा २३ जना छोराहरूको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ जना छोराहरूको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ । छोराहरूको मृत्युदर सबै उमेर समूहमा बढी छ ।

शिशु मृत्युदरमा सुधार 
२०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार भएको छ । २०६८ मा एक हजार जना शिशुहरूमध्येमा जन्मिएका शिशुहरूमा ४० जना मरेको देखिन्छ । अहिले १७ मा पुगेको अवस्था छ । शिशु मृत्युदरमा सुधार भएको छ ।

१ देखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकीमा कम

एकदेखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ । सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ । मधेस प्रदेशमा पनि बढी रहेको देखिएको छ । नेपालको सन्दर्भमा प्रतिहजार ६.१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ । छोरीहरूको मृत्यु कोही प्रदेशमा बढी देखिएको छ । बागमती प्रदेशमा बढी छ भने सुदूरपश्चिम र मधेस प्रदेशमा छोराहरूको मृत्यु बढी देखिन्छ ।

नेपालीको औसत आयु ७१.३ वर्ष
अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । ग्याप करिब करिब ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । सबैभन्दा कम महिलाहरूको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्याङ्कले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।

गण्डकी प्रदेशमा आन्तरिक बसाइँ सर्नेहरू सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाइँ सरेका छन् । यो पाँच वर्षको तथ्याङ्क हो । बागमती प्रदेशमा करिब १ लाखमा ५४ जना बसाइँ सरेको तथ्याङ्कले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।

५ वर्षमा बाह्य बसाइँ सर्ने नेपालीहरू प्रति एक लाखमा ३७ सय ५२ जना
५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना बाह्य बसाइँ सराई भएका छन् । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाइँ सरेका छन् । दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाइसराइ भएकाहरूको प्रदेश मधेस प्रदेश रहेको छ । 

नेपालीको औसत आयु ७१ वर्ष, वार्षिक जनसंख्या वृद्धिदर एक प्रतिशत तल

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ