लक्ष्मी सन्राइज बैङ्कको काठमाडौँ उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
999
Shares
तस्बिर : फाइल
काठमाडौँ। लक्ष्मी सन्राइज बैङ्कले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ। काठमाडौँ महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौँको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको हो।
त्यसै गरी, काठमाडौँ महानगरपालिकाको वडा न. २६ स्थित गोङ्गबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ। स्थानान्तरण गरिएका साबिकका खुसिबु र गोङ्गबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।
हाल लक्ष्मी सन्राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १३१ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।