arrow

सकियो युवा वैज्ञानिक सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
Karnali-hamrakura.jpg
तस्बिर-फाइल

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित दुईदिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा आयोजित सम्मेलनमा दुई दर्जनभन्दा बढी कलेजका युवा विद्यार्थीको सहभागिता रहेको थियो । 

समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अबको विश्व युवाको काँधमा रहेको बताए ।

“आज संसारका धनी मुलुक सूचना, प्राविधिको विकासल त्यहाँ पुगेका हुन् । त्यसमा युवाहरूको ठूलो योगदान छ । अब नेपालमा पनि सूचना प्रविधिको विकासमार्फत युवाहरूको क्षमताको उपयोग गर्न जरूरी छ । त्यसले मात्रै नेपालको विकासमा योगदान पुग्छ”, उनले भने । 

सम्मेलनमा दुई दिनसम्म चलेका बृहत् छलफलबाट हासिल गरेका ज्ञानलाई आफ्नो जीवनमा प्रयोग गर्न उनले आग्रह गरे । 

सम्मेलनका एक हजार छ सयभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ