arrow

काभ्रेका आगलागी पीडितलाई तरुण दलको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २९ शनिबार
fire-victim-blanket-81-1-29.jpg

काभ्रे । काभ्रेको रोशी गाउँपालिका ४ मा भएको आगलागीबाट पीडित भएका घर परिवारको लागि नेपाल तरुण दलले २० ओटा ब्ल्याङ्केट सहयोग गरेको छ ।

केही समयअघि काभ्रेको रोशी गाउँपालिका ४ मा आगलागी भएर १८ ओटा घरमा पूर्ण रुपमा क्षति पुगेको थियो । 

शनिबार एक कार्यक्रमबीच नेपाल तरुण दल काभ्रेका जिल्ला अध्यक्ष सुजन लामामार्फत पीडितलाई केही राहतको महसुस निम्ति तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले उक्त ब्ल्याङ्केट हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा काभ्रेबाट प्रतिनिधित्व गर्ने नेपाल तरुण दल केन्द्रीय सदस्यहरु स्मिता मोक्तान तामाङ , कुलध्वज तामाङ ,दिल लामा केन्द्रीय सदस्यहरु अशोक झा ,सिधुपाल्चोक सुनकोशी गाउँपालिकाका पार्टी सभापति रुपकाजी लामा लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ