arrow

मुद्दाको किनारा नलागी विश्वासको मत लिन लागेको भन्दै कांग्रेसबाट बैठक बहिस्कार

logo
विवेक मिश्र, 
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
koshi-congress-absent-81.jpg

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ । 

प्रतिपक्ष दलबाट राप्रपा बैठकमा उपस्थित भए पनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ । 

नेपाली कांग्रेस भने प्रदेश सभा बैठकमा सहभागी छैन । मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा रिट दिएकोले त्यसको किनारा नलगाई विश्वासको मत लिन लागेको प्रक्रियामा सहभागी नभएको कांग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ