arrow

नीति तथा कार्यक्रमका लागि रिहर्सल राष्ट्रपतिको स्वागतको [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
niti-tatha-karyakram-rehearshal (4).jpg

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ । 

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो । 

सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी पीडितलाई न्याय दिलाउनका लागि लामो समयदेखि सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरिरहेका बेलामा नीति तथा कार्यक्रम पनि प्रभावित हुने देखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह मान्दै कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । 

सोअनुसार दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । 

कांग्रेसले आफ्ना माग भने यथावत् राखेको छ । 

niti-tatha-karyakram-rehearshal (5).jpg
niti-tatha-karyakram-rehearshal (1).jpg
niti-tatha-karyakram-rehearshal (2).jpg
niti-tatha-karyakram-rehearshal (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ