arrow

दुवै सदनको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । 

सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहनुहुने सदस्यहरूको नाम प्रस्ताव गर्नेछन् । 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्ततु गर्ने कार्यसूची रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ