arrow
ADVERTISEMENT

सभामुखसँगको छलफल निष्कर्षविहीन

माओवादीले संसद अवरोध जारी राख्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
hitraj-pandey-05-30.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ । आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरूको छलफलमा पनि बैठक निष्कर्षमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए । 

उनले संसद्मा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा शब्दमा मात्रै नभई समग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए । 

उनले भने, ‘हामी छलफलकै क्रममा छौँ, माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खालि शब्दमा मात्रै कुरा होइन, समग्र जनयुद्धको भाव, त्यहाँ व्यक्त भएका विषयवस्तुसँग यो सम्बन्धित छ । त्यसकारण हाम्रो दलले अवरोध जारी गर्ने निर्णय गरेको छ । फेरि पनि संसद व्यवस्थित बनाउनुपर्छ भन्ने कुरा यहाँ भएको छ । यहाँ भएको विषयवस्तु आफ्नो दलमा लगेर राख्दिन्छु । यतिन्जेलसम्म दलले जुन निर्णय गरेको छ, त्यसैअनुसार लैजानेछौँ । केही समय छलफल गर्नुस् न त भनेर सम्माननीयज्युले निर्देश गरिसकेपछि यहाँ छलफल भएको विषयवस्तु आफ्नो दलमा लैजान्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ