arrow

माओवादी लडाकुलाई गणतान्त्रिक सम्मान दिइने, भत्ता दिन शान्ति कोष स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1s.jpg

काठमाडौँ । सरकारले माओवादी लडाकुहरुलाई गणतान्त्रिक सम्मान दिने कार्यक्रम घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामभन्द्र पौडेलले यो कार्यक्रम घोषणा गरेका हुन् । 

आगामी वर्षका लागि तय गरिएको सरकारको कार्यक्रममा सशस्त्र युद्धमा घाइते तथा अपांगता भएकालाई जीवन निर्वाह भत्ता तथा पीडितलाई आर्थिक सहायता दिने व्यवस्था गरिने जनाइएको छ ।

यसको लागि शान्ति कोषको स्थापना गरिने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

त्यस्तै अपांगता भएका तथा घाइतेलाई निःशुल्क उपचार गर्न ट्रमा सेन्टर र वीर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोक्ने घोषणा समेत सरकारले गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ